Like us!
Follow us!

पोखरा फाइनान्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

पोखरा फाइनान्सले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौँ - पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । 

फाइनान्सको हिजो पुस १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहोस् :

61bc143501bc8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।