Like us!
Follow us!

रसुवागढी हाइड्रोपावरले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

रसुवागढी हाइड्रोपावरले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । 

कम्पनीको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको नवौं वार्षिक सधारण सभा पौस २६ गते (सोमबार) कम्पनीको सभाहल महाराजगंज, काठमाडौंबाट जुम मार्फत बिहान ११:०० बजेदेखि सुरुहुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८र०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको चुक्ता पुँजी र संचित मुनाफा (फ्री रिर्जभ) को जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव सभामा पारित गरिनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

त्यस्तै, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १२ गते (सोमबार) बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ११ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन  सक्नेछन् । 

सूचना हेर्नुहोस् :

61baebe6353a3.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।