Like us!
Follow us!

खानी खोला हाइड्रोपावरले बोलायो संयुक्त साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

खानी खोला हाइड्रोपावरले बोलायो संयुक्त साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडौं - खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

हाइड्रोपावरको हिजो मंसिर २९ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार हाइड्रोपावरको सातौं, आठौं र नवौं वार्षिक साधारण सभा पौस ३० गते (शुक्रबार) हुनेछ । 

सभामा आ.व २०७५/७६ २०७६/७७ र आ. व. २०७७/७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आ.व २०७५/७६ २०७६/७७ र आ. व. २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव परित गर्ने, आगामी आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ । 

त्यस्तै हाइड्रोपावरले साधारण सभा प्रयोजनका लागि पौष ९ गते देखि ३० गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष २९ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

सूचना हेर्नहोस् :

61bad19cca52d.png 61bad19e371a2.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।