Like us!
Follow us!

यी २ लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत !

यी २  लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत !

लगानी खबर, काठमाडौँ - नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले असाेज ५ गते साेमबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । दुवै कम्पनीको गत असार २४ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यसैगरी, मर्जर पश्चात अब "सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट एकीकृत कारोबार  हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f5f006849eb3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।