Like us!
Follow us!

घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

घटेको बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ ।

सामान्य अंकले घटेको बजारमा आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । आज कम्पनीको सेयर मूल्य ५.३४ प्रतिशतले घटेर १ हजार १ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सार्वधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : जानकी फाइनान्स, मन्जुश्री फाइनान्स, एनआइबिएल प्रगती फण्ड, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाल लिमिटेड, ओरियन्टल होटल्स लिमिटेड, उन्नती सहकार्य लघुवित्त, प्रिमियर इन्स्योरेन्स कम्पनी र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 
 

61b9b937d1ef4.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।