Like us!
Follow us!

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा सुधार

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा सुधार

लगानी खबर, काठमाडौँ - आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । अघिल्लो कारोबार दिन (मंगलबार) ६ प्रतिशतले बढेर कारोबार समय अगाबै कारोबार बन्द भएको सेयर बजारमा आज भने गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेको छ । नेप्से ०.१७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले घटेर ४५९.४१ विन्दुमा झरेको छ ।  

कूल २२८ वटा कम्पनीको ९८ लाख ७९ हजार १ सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख  ९० हजार ६ सय ७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ उपसमूहको सेयर बढेको छ भने ५ उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको सेयर बढेको छ । 

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको १६ करोड ५८ लाख ६२ हजार ८३ रूपैयाँको कारोबार भएको छ । 

बुधबार साम्लीङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर ४ सय ४४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ५.३४ प्रतिशतले घटेर १ हजार १ सय १रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका :

61b9b5ed6210c.JPG 61b9b5f0b0229.JPG 61b9b5f2db672.JPG 61b9b5f52334f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।