Like us!
Follow us!

बुटवल पावरले बोलायो साधारण सभा

बुटवल पावरले बोलायो साधारण सभा

लगानी खबर, काठमाडौं बुटवल पावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । 

कम्पनीको हिजो मंसिर २८ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार कम्पनीको २९ औं वार्षिक सधारण सभा पौष २६ गते (सोमबार) कम्पनीको रजिष्टर्ड कार्यालय, बोश्वर काठमाडौंमा बिहान ११:०० बजेदेखि सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरिने छ । 

त्यस्तै कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष ११ गते देखि २६ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश सक्नेछन् । 

सूचना हेर्नुहोस् :

 

61b9a8fd2c9dd.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।