लगानी खबर, काठमाडौँ - नेपाल फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सञ्चालक लगायत आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयर सम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।
फाइनान्सले धिताेपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ काे परिच्छेद ३, नियम १२ (४) बमाेजिम फाइनान्सका सञ्चालक लगायत आधारभूत शेयरधनीहरुलाई सूचना प्रकाशित भएकाे १५ दिन भित्र आफुले लिनुपर्ने हकप्रद शेयर बराबरकाे रकम जम्मा गर्न आग्रह गरेकाे हाे ।
फाइनान्सले १ बराबर १.२५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । फाइनान्सले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । सेबाेनले अनुमति प्रदान गरे पश्चात फाइनान्सकाे हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
news.laganikhabar@gmail.com मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।