Like us!
Follow us!

माउन्टेन इनर्जीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

माउन्टेन इनर्जीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको मंसिर ७ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंठकले निर्णय गरे अनुसार कम्पनीको ८ औं वार्षिक साधारण सभा पौस २५ गते (आइतबार) हुनेछ । 

त्यस्तै भामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १२ गते (सोबार) एक दिनकालागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ११ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन  सक्नेछन् । 

सूचना हेर्नुहोस् :

61b979dd6d1d3.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।