Like us!
Follow us!

मल्टीपर्पस फाइनान्सले गर्याे लाभांश घोषणा, नगद र बाेनस कति ?

मल्टीपर्पस फाइनान्सले गर्याे लाभांश घोषणा, नगद र बाेनस कति ?

लगानी खबर, काठमाडाैँ - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीकाे हिजाे मंसिर २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहाेस् : 

61b9739bb26dd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।