Like us!
Follow us!

बुटवल पावरकाे लाभांश घाेषणा, बाेनस कति ?

बुटवल पावरकाे लाभांश घाेषणा, बाेनस कति ?

लगानी खबर, काठमाडाैँ - बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको हिजाे (मंसिर २८ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । 

सूचना हेर्नुहाेस् : 

61b972a5c6d6f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।