Like us!
Follow us!

लक्ष्मी बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’मा समावेश

लक्ष्मी बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’मा समावेश

लगानी खबर, काठमाडौं - लक्ष्मी बैंकले दिगो वातावरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिने क्रममा पछिल्लॊ कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीक्याफ)मा सामेल भएको छ ।

पीक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयॊग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबीचको सहकार्य हो।साइन्स बेस्ड टार्गेट इनिसिएटिभले पनि पीक्याफको विधिलाई वित्तीय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वव्यापी विधिको मान्यता दिएको छ ।

लक्ष्मी बैंकले पीक्याफमा सामेल भई नेट–शून्य भविष्यतर्फ अग्रसर हुँदै कोप२६ मा नेपालको राष्ट्रिय प्रतिबद्धतालाई समेत सहयॊग पुग्नेछ । 

यस साझेदारीले जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालनको माध्यमबाट वातावरणीय प्रभावलाई कम गर्ने बैंकको लामो समयदेखिको प्रतिबद्धतालाई पुनर्विम्बित गरेकॊ छ।

‘हाम्रो व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ’, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, ‘पीक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंककॊ ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौँ ।’

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।