Like us!
Follow us!

बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

बढ्यो सुनको मूल्य, कति छ आजको भाउ ?

लगानीखबर काठमाडौं, नेपाली बजारमा हिजो स्थीर रहेको सुनचाँदीको मूल्य आज भने बढेको छ । 

आज (सोमबार) छापावाला सुनको मूल्य तोलाको ४ सय रूपैयाँले बढेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको १० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय २० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

आईतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ पुगेको थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।