Like us!
Follow us!

महुली लघुवित्तले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

महुली लघुवित्तले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको हिजो मंसिर २७ गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकले निर्णय गरे अनुसार संस्थाको ९ औं साधारण सभा पौस २४ गते (शनिबार) महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय महुली, सप्तरीमा बिहान ११स् ०० बजे देखि सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व २७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ । 

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पौष १२ (सोबार) एक दिनकालागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ११ गते (आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहोस्  :

61b83ca808a01.png 61b83cc23ee0c.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।