Like us!
Follow us!

नेपाल पुनर्बीमा कम्पनीले डाक्याे साधारण सभा, लाभांशसहित यस्ता छन् पारित हुने १० वटा एजेन्डा

नेपाल पुनर्बीमा कम्पनीले डाक्याे साधारण सभा, लाभांशसहित यस्ता छन् पारित हुने १० वटा एजेन्डा

लगानी खबर, काठमाडाैँ - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे मंसिर २७ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाचाैँ वार्षिक साधारण सभा पाैष २२ गते, बिहीबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीले सञ्चालक समितिले निर्णय गरे अनुसार चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीका अनुसार सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट २ जना कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने, नियमावलीको नियम २७ को उपनियम (२) (ख) नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्तावाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरू दिप प्रकाश पाण्डे र डिल्लीराज अर्यालको कार्यकाल मिति २०७८/०१/२० सम्म रहेकोमा सञ्चालक समितिबाट आगामी साधारण सभा सम्मको लागि निजहरूको कार्यकाल थप गरिएको निर्णय अनुमोदन गर्ने प्रस्तावहरू पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १४ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहाेस् :

61b8239aaae80.jpg

61b8239abeee6.jpg

61b8239b0ef24.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।