Like us!
Follow us!

सेयर बजारमा पहिरो, कारोबार रकममा नबिल बैंक अब्बल

सेयर बजारमा पहिरो, कारोबार रकममा नबिल बैंक अब्बल

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो दिन आज (सोमबार) पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । बजारमा गिरावट आउँदा सबै उपसमूह राताम्मै देखिएका छन् । अघिल्लो दिन पनि सेयर बजारमा ८८.७० अंकको गिरावट आएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२ विन्दुमा झरेको छ । नेप्से ३.३६ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने १२.४७ अंकले घटेर ४३७.५९ विन्दुमा झरेको छ ।  

कूल २३३ वटा कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै फाइनान्सस समूहको सेयर घटेको छ । 

आज नबिल बैंक लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज बैंकको १८ करोड ३ लाख ५९ हजार ३ सय २ रूपैयाँको कारोबार भएको छ । 

सोमबार गोर्खाज फाइनान्स लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य ९.४७ प्रतिशतले बढेर ७ सय ७१  रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर १ हजार ६ सय ९३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । 

हेरौं आजको तालिका  :

61b71261bedcb.JPG 61b71263e19c1.JPG 61b712660aaa1.JPG 61b712685a3fd.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।