Like us!
Follow us!

सपोर्ट लघुवित्तले धमाधम पठाउँदै बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

सपोर्ट लघुवित्तले धमाधम पठाउँदै बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौँ - सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गरेकाे छ ।

संस्थाको गत पुष २९ गते सम्पन्न भएकाे पाँचाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १० प्रतिशत बाेनस शेयर गत पुष १३ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, संस्थाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । संस्थाकाे शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।