Like us!
Follow us!

न्यादी हाइड्रोपावरद्धारा साधारण सभा आह्वान

न्यादी हाइड्रोपावरद्धारा साधारण सभा आह्वान

लगानी खबर, काठमाडौं - न्यादी हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको मंसिर २२ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको १४ औं वार्षिक साधारण सभा पौस २८ गते (बुधबार) कम्पनी रजिष्टर्ड कार्यालय बानेश्वरमा बिहान ११:००  बजेदेखि सुरुहुनेछ । 

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलपल गरी परित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ । 

त्यस्तै, लेखा परीक्षण समितिको सिफरिस अनुसार, आ. व. २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको परिश्रमिक निर्धारण गरिने छ । 

त्यसैगरी, हाइड्रोपावरले साधारण प्रयोजनको लागि पौस ११ गते देखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस ९ गते (बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61b6fe2304b29.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।