Like us!
Follow us!

तेह्रथुम पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

तेह्रथुम पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको हिजो मंसिर २६ गते (आइतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा पौस २८ गते (बुधबार) होटल हार्दिक, बागबजार, काठमाण्डौंमा बिहान ११:००  बजेदेखि सुरुहुनेछ । 

सभामा आ.व २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ । 

त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७८/८९ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमीक निर्धारण गरिने, रिक्त सञ्चालक समिति सदस्यको निर्वाच र मनोनयन लगायतका एजेन्डाहरु रहेका छन् । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौस ५ गते देखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस ४ गते (आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61b6f7894d516.jpg 61b6f7a7b1dab.jpg 61b6f7ab9fcaf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।