Like us!
Follow us!

पूँजी बजारमा गम्भिर संकट उत्पन्न, संयमित भएर लगानी गर्न लगानीकर्तालाई आग्रह

पूँजी बजारमा गम्भिर संकट उत्पन्न, संयमित भएर लगानी गर्न लगानीकर्तालाई आग्रह

लगानी खबर, काठमाडाैँ - पूँजी बजार सुदृढीकरण बृहत कार्यदलले पूँजी बजारमा गम्भिर संकट उत्पन्न भएकाे भन्दै संयमित भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेकाे छ ।

लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलका संयाेजक अम्बिका प्रसाद पाैडेलले एक विज्ञप्ति सार्वजनिक गर्दै अहिलेकाे अवस्थामा लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न र अत्यावश्यक नपरी सेयर बिक्री नगर्न अपिल गरेका छन् । 

अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन बर्ष अघि नै गर्छु भनेका ५८ बुँदेका बाँकी कामहरु पुरा नहुँदा र यसबीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएको कार्यदलकाे ठहर छ । यो संकट समाधानका लागि लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिव ४५ खर्ब पुगेको सेयर बजारले करिब १२ खर्ब गुमाई सकेको छ भने सरकारकाे अर्बाैँ राजस्व गुमेको छ । ४७ लाख भन्दा धेरै डीम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढी सम्पत्ति गुमी सकेको उक्त विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

याे संकटलाई तत्काल सम्बोधन गर्न ब्रोकरमार्फत मार्जिन ट्रेडिङ्ग कारोबार पूर्ण रुपमा कार्यान्वयन नभएसम्म राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जाको सिमा तत्काल हटाउने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्ने र ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्नको लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग जोडदार माग गरिएकाे छ । 

विज्ञप्तिमा भनिएकाे छ, "लगानीकर्ताहरुले समस्या समाधानका लागि सुझाएका उपायहरुको सम्बोधन नगरी परिस्थिति अरु बिग्रेर गएमा त्यसको सम्पूर्ण जिम्मेवार सरोकारवाला निकायहरु नै हुने कुरामा ध्यानाकर्षण गराउँन चाहन्छाैँ ।"

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।