Like us!
Follow us!

छिमेक लघुवित्तद्धारा साधारण सभा आह्वान, के-के छन् एजेन्डा ?

छिमेक लघुवित्तद्धारा साधारण सभा आह्वान, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको हिजो मंसिर २६ गते (आइतबार) बसेको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २० औं साधारण सभा पुस २३ गते (शुक्रबार) होटल सामना प्रा.ली मकवानपुर हेटौडामा बिहान ११ बजेबाट सूरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ३ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौस ७ गते देखि २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस ६ गते (मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61b6a95da8991.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।