लगानी खबर, काठमाडौं - नेपाली इकमर्स कम्पनी ग्यापु मार्केटप्लेसले मेड इन नेपाल प्रवर्द्धन गर्दै आकर्षक अफरहरु सहित डिसेम्बर १२ का लागि १२:१२ को घोषणा गरेको छ ।ग्यापुले विभिन्न १२ ब्राण्ड सँगको सहकार्यमा अफरहरु ल्याएको हो ।
गोल्ड स्टार, नेपाल उल हाउस, माक्कुसे, हात्ति हात्ति, एसटी महर्जन गहना, एभरेष्ट गड च्यु, हाई हिमालयन पस्मिना हाउस, लिफ प्लस, पन्चबुद्ध हस्तकला, मयूर हस्तकला, डटर होम आर्चर र खुकुरी रम १२:१२ सेलमा जोडिएका छन् ।
हिमालय बैंकको कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम ५ सय), फोन पे प्रयोगकर्ताले 'PHONEPAY1212' कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, प्रभु पे प्रयोगकर्ताले PRABHUPAY1212' कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, इ सेवा प्रयोगकर्ताले 'ESEWA1212' कोड प्रयोग गरि तत्काल नगद २ सय छुट, र खल्ती प्रयोगकर्ताले २०प्रतिशत (अधिकतम १ सय ५०) छुट प्राप्त गर्न सक्ने छन् ।
ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत् अर्डर गर्न सकिनेछ । ग्यापुमा विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड मार्फत सपिङ गर्ने सुविधा समेत उपलब्ध छ । साथै, ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने ग्यापुले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।