Like us!
Follow us!

सिडिएस क्लियरिङ्गले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

सिडिएस क्लियरिङ्गले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडौं - सिडिएस क्लियरिङ्गल लिमिटेडले साधारण सभा बोलाएको छ । 

संस्थाको मंसिर २२ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको ११ औं वार्षिक साधारण सभा पौस १९ गते (आइतबार) सेयर मार्केट्स कमर्सियल कम्प्लेक्स, चौथो तला, पुलतीसडक , काठमाडौँमा बिहान ११स्०० बजेबाट सुरुहुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन प्रतिवेदनको आर्थिक वर्ष २०७७/०७८ को वासलात, सोही अवधीको नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बधी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु समेत छलफलगरी पारित गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।  

सूचना हेर्नुहोस् :

61b58d1618495.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।