Like us!
Follow us!

साना किसान विकास लघुवित्तद्धारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

साना किसान विकास लघुवित्तद्धारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । 

संस्थाको मंसिर २४ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको २० औं वार्षिक साधारण सभा पौस १८ गते (आइतबार) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११:०० बजेदेखि सुरुहरनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन प्रतिवेदनको आर्थिक वर्ष २०७७/०७८ को वासलात, सोही अवधीको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बधी अनुसूचीहरु लगायत वार्षिक आर्थिक विवरणहरु समेत छलफलगरी पारित गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।  

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौस ५ गते १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस ४ गते (आइतबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

 


 

61b598cd14a56.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।