लगानी खबर, काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा अह्वान गरेको छ । 
संस्थाको मंसिर २४ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा पौस १९ गते (सोमबार) होटल पौवा, सिद्धार्थनगर ६, रुपन्देहीमा दिउँसो २:०० बजेदेखि सुरुहुनेछ । 
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 
त्यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरु परित गरिने छ । 
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौस ४ गते देखि १९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस १ गते (बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूचना हेर्नुहोस्  :

                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।