Like us!
Follow us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता

लगानी खबर, काठमाडौँ - विश्वव्यापी रूपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । 

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder ले हस्ताक्षर गरेका छन् । 

अब विदेशमा रहेका नेपालीहरुले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका , यूरोप  तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । साथै खल्ती मोबाईल वालेटमा लोड गर्न पनि सकिनेछ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।