Like us!
Follow us!

मञ्जुश्री फाइनान्सद्धारा आकर्षक लाभांश घोषणा, नगद र बोनस कति ?

मञ्जुश्री फाइनान्सद्धारा आकर्षक लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले आकर्षक लाभांश घोषणा गरेको छ । 

फाइनान्सको आज मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहोस् :

61b2f4bf53ff5.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।