Like us!
Follow us!

एनएमबि लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

एनएमबि लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगनी खबर, काठमाडौं - एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ ।

संस्थाको हिजो मंसिर २३ गते (बिहीबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार संस्थाको ९ औं वार्षिक साधारण सभा पौस २६ गते (सोमबार) होटल पोखरा ग्रान्ड, पार्दी बजार, पोखर, कास्कीमा बिहन ११:०० बजेदेखि सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि १.१३ नगद गरी लाभांश कूल २२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरिने छ । 

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ अषाढ मसान्तको वासलात, आ.व २०७७/७८ को नाफा-नोक्सा हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गेर्ने लगायतका प्रस्तावहरु रहेका छन् । 

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौस ९ गते २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस ८ गते (बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61b2ef97efa1d.png 61b2ef98cae10.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।