लगनी खबर, काठमाडौं - प्रभु बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।
बैंकको मंसिर २२ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार बैंकको २० औं वार्षिक साधारण सभा पौस १८ गते (आइतबार) बैंकको केन्द्रीय कार्यालय , बबरमहल काठमाडौंमा बिहन ११:०० बजेदेखि सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.६३ नगद गरी लाभांश कूल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरिने छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफानोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने लयायतका प्रस्तावहरु रहेका छन् ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौस ४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस १ गते (बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।