लगानी खबर, काठमाडौं - आज (शुक्रबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
आज लक्ष्मी बैंक लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस सेयर पछि प्रति कित्ता २ सय ७० रुपैयाँ ३७ पैसा कायम हुने गरी सेयर मुल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ सय ९२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
समता घरेलु लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर पछि प्रति कित्ता १ हजार १ सय २५ रुपैयाँ ८३ पैसा कायम हुने गरी सेयर मुल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयर पछि प्रति कित्ता ४ सय ७८ रुपैयाँ कायम हुने गरी सेयर मुल्य समायोजन भएको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८ सय ५६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।