लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा झरेको छ ।
घटेको बजारमा आज हिमालयन डिस्टिलरी लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २ सय ५ रूपैयाँको कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश : अपि पावर कम्पनी, नबिल बैंक, महालक्ष्मी विकास बैंक, नेशनल हाइड्रोपावर, नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, लुम्बिनी विकास बैंक र ङादी ग्रुप पावर रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।