Like us!
Follow us!

लगानीको अवसर : माउन्टेन इनर्जीको आइपिओ बजारमा आउँदै !

लगानीको अवसर : माउन्टेन इनर्जीको आइपिओ बजारमा आउँदै !

लगानी खबर, काठमाडौँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडले भाद्र ३१ गते बुधबारदेखि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

यसअघि, साउन ८ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गर्ने भनिएकाेमा देशकाे अधिकांश स्थानहरूमा बाढीपहिराेकाे भयावह अवस्था सृजना भएकाले प्रभावित क्षेत्रहरूमा सेवा प्रदान गर्न नसकिने हुनाले स्थगित गरिएकाे थियाे ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई निष्कासन गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । 

यसैगरी, कम्पनीलाई जारी पूँजीको २० प्रतिशत अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल फागुन २६ गते सेबाेनमा निवेदन पेश गरेकाेमा सेबोनले असार २५ गते, बिहीबार निष्कासन गर्न अनुमति दिएको थियाे ।

कसले पाउँछ भर्न ?

नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावितलाई ६० प्रतिशत छुट्टाइएको छ । नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन्। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले आईपीओमा छिटोमा असाेज २४ गते र ढिलोमा असाेज २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

5f5ed02147bbf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।