लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा झरेको छ ।
गिरावट आएको बजारमा आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ५.८२ प्रतिशतले घटेर १ हजार १ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : श्री इन्भेष्टमेन्ट फाइनान्स, एनआसी एशिया लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो, सबैको लघुवित्त, स्वाभिमान लघुवित्त, माउन्टेन इनर्जी नेपाल लिमिटेड, महिला लघुवित्त, सिटिन म्युचुअल फण्ड २ र न्याँदी हाइड्रोपावर नेपाल लिमिटेड रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।