लगानी खबर, काठमाडाैँ - सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे मंसिर २१ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णय बमोजिम कम्पनीको प्रथम वार्षिक साधारण सभा पाैष १४ गते बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाण्डौंमा बिहान ९:०० बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीले प्रारम्भिक सेयर निष्कासन (IPO) जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पुर्व स्विकृती लिने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने र प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।