लगानी खबर, काठमाडौं - सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ ।
संस्थाको हिजो मंसिर २२ गते (बुधबार) बसेको सञ्चालक समितिको बैंकको निर्णय अनुसार संस्थाको ९ औं वार्षिक सधारण सभा पौस १६ गते (शुक्रबार) पुतलीबजार नगरपलिका वार्ड नं ३, स्याङ्जा, सहयात्री पार्टि प्यालेस, गुडिखोला स्याङ्जामा बिहान ११:०० बजेदेखि सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, सभामा सुर्योदय लघुवित्त वित्तीय संस्था वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने/गाभिने (मर्जर) को प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, वार्षिक साधारण सभालाई ध्यानमा राखी पौष १ गतेदेखि पौष १६ गतेसम्म सेयर दाखिल खारेज दर्ता बन्द रहनेछ । हाल यस वित्तीय संस्था वोमी लघुवित्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने (मर्जर प्रक्रियामा) रहेको हुँदा सेयर कारोबार रोक्का रहिरहेकाले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रचलित कानुन बमोजिम यस संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाण्डौमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र यस सभामा भाग लिन र बोनस सेयर पाउने छन्।
सूचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।