Like us!
Follow us!

घलेम्दी हाइड्रोले बोलायो सधारण सभा, के-के छन् एजेन्डा ?

घलेम्दी हाइड्रोले बोलायो सधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - घलेम्दी हाइड्रो लिमिटेडले साधारण सभा आह्वान गरेको छ । 

संस्थाको मंसिर १८ गते (शनिबार) बसेको सञ्चालक समितिको बैंकको निर्णय अनुसार संस्थाको ८ औं वार्षिक सधारण सभा पौस १६ गते (शुक्रबार) सासा ब्याङ्केट नयाँ बजार काठमाडौंमा बिहान ११:०० देखी सुरु हृुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गरिने लगायतका प्रस्तावहरु रहेका छन् । 

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरिने छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पुस ५ गते देखि १६ गते सम्म बुक क्लोज गर्ने गर्ने निर्णय गरेको छ । त्यसैले पुस ४  गते (बिहीबार) नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61b19317f3a62.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।