Like us!
Follow us!

पठाओको जीवन रक्षा कार्यक्रम, तीन सय जना क्याप्टेनलाई स्वास्थ्य प्रशिक्षण

पठाओको जीवन रक्षा कार्यक्रम, तीन सय जना क्याप्टेनलाई स्वास्थ्य प्रशिक्षण

लगानी खबर, काठमाडौं - स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले 'पठाओ जीवन रक्षा' कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन (ट्याक्सी ड्राइभर)हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ । 

करिब तीन सय जना क्याप्टेनलाई प्राथमकि उपचार र घाइते अथवा विरामीलाई अस्पताल लग्दा अपनाउनु पर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । क्याप्टेनहरुलाई जीवन रक्षकका रुपमा स्वास्थका कुरामा अझ सम्वेदनशील बनाउन कार्यक्रम गरिएको हमालको भनाइ छ ।

''काठमाडौ उपत्यकामा अस्पताल पुग्नको लागि यात्रुहरुको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ । फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडिमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुन सक्छ ।' हमाल थप्छिन् हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठूलो संख्या पनि ट्याक्सीको नै छ । यसैले क्याप्टेनहरुलाई स्वास्थ सम्वेदनशीलता प्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।'

तालिममा विरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेस गरिएको बताइएको छ । अनुभवी र यसै क्षेत्रसँग काम गरिरहेका त्रीवी शिक्षण अस्पतालका डाक्टर तथा इमर्जेन्सी हेल्थकेयर प्रोफेसनलद्वारा तालिम सन्चालन गरिएको बताइएको छ । 

पठाओ नेपालको उद्देश्य भनेको सडकहरूमा प्राथमिक उपचार सहयोगीहरूको उपलब्धता बढाउनु भएको हमाल बताउँछिन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।