लगानी खबर, काठमाडाैँ - थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् ।
१. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
२. साञ्जेन जलविद्युत कम्पनी लिमिटेड
कम्पनीले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नागरिक लगानी काेषले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।