लगानी खबर, काठमाडाैँ - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । याे सँगै संस्थाका सेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।
संस्थाकाे आज (मंसिर २२ गते, बुधबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले लाभांश प्रस्ताव नगरी तयार गरीएको आर्थिक वर्षको २०७७/७८ को वार्षिक प्रतिवेदन स्विकृत गरी वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैकंमा पेश गरेको छ ।
संस्थाले आर्थिक वर्षको २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश, बाेनस सेयर तथा हकप्रद सेयर वितरण गरिने कुनै प्रस्ताव नगरिएकाे पनि उक्त सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।