Like us!
Follow us!

महालक्ष्मी विकास बैंकद्वारा गणेश टोल विकास संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा गणेश टोल विकास संस्थालाई सहयोग

लगानी खबर, काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडको कमाने शाखाले हेटौंडा उपमहानगरपालिका ११ मा रहेको गणेश टोल विकास संस्थालाई डस्टबिन सहयोग स्वरुप प्रदान गरेको छ । बैंकको शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोल विकास संस्थालाई २० थान ठुलो डस्टबिन सहयोग स्वरुप प्रदान गरेको हो । 

शहिद स्मारक पार्कमा आयोजित एक कार्यक्रमबीच कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौंडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु गणेश टोल बिकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । यस किसिमको सहयोगले टोलको सौन्दर्यीकरणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बोल्दै हेटौंडा ११ का कार्यबाहक वडा अध्यक्ष न्यौपानेले सबै मिलेर आ–आफ्नो टोललाई सफा र हराभरा राख्न सके सबै वडा आफै राम्रो हुने र विकासको गति बढ्ने कुरा बताए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।  

यस बैंकले देशभर १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । 

 
  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।