Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दै सानिमा बैंक

संस्थापक सेयर बिक्री गर्दै सानिमा बैंक

लगानी खबर, काठमाडौं - सानिमा बैंक लिमिटेडले संस्थापक सेयर विक्री गर्ने भएको छ । 

बैंकका केही संस्थापक सेयर धनीहरुले आफ्नो नाममा रहेको २० लाख ५ हजार ३ सय कित्ता सेयर बिक्री गर्न निवेदन दिएकाले बैंकले उक्त सेयरहरु विक्री गर्न लागेको हो । 

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्रबैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकको संस्थापक सेयरधनीहरुलाई नै प्राथामिकता दिनु पर्ने भएकाले उक्त सेयर खरिद गर्न चाहाने इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्सालमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । 

त्यस्तै, तोकिएको समयवधी भित्र संस्थापक सेयरधनीबाट निवेदन नआए प्रचलित कानुन बमोजिम सेयर विक्री प्रकृया अगाडी बढाउने बैंकले जनाएको छ । उक्त सेयरको न्युनतम मूल्य प्रति कित्ता २ सय २० रुपैयाँ तोकिएको छ । 

सूचना हेर्नुहोस् :

61b04ff56aa7b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।