Like us!
Follow us!

वोमी लघुवित्तद्धारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

वोमी लघुवित्तद्धारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । 

संस्थाको हिजो मंसिर २१ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैंकको निर्णय अनुसार संस्थाको १० औं वार्षिक सधारण सभा पौस २६ गते (शुक्रबार) धुलिखेल नगरपालिका ४, धुलिखेल, काभ्रेपलाञ्चोक स्थित होटल अरनिको सभाहलमा बिहान ११:०० बजे देखि सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्ष्यज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलाता, २०७७ श्रावण १ गते देखि २०७८ असार मसान्त सम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु रहेका छन् । 

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि पुस १ गते देखि १६ गते सम्म बुक क्लोज गर्ने गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २९ गते (बुधबार) नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61b04f8d2ee04.jpg 61b04f8fd2907.jpg 61b04f92efd91.jpg 61b04f94c0050.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।