लगानी खबर, काठमाडौं -फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
संस्थाको हिजो मंसिर २१ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लघुवित्तका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ प्रतिशत नगद गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
सुचना हेर्नुहोस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।