लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १५.१८ अंकले घटेर २५३०.९० विन्दुमा झरेको छ ।
गिरावट आएको बजारमा आज प्राइम कमर्सियल बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको १२ करोड ३६ लाख ४७ हजार ८ रूपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : महालक्ष्मी विकास बैंक, आइसिएफसि फाइनान्स, अपि पावर कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नबिल बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी लिमिटेड, नेशनल हाइड्रोपावर र अरुण काबेली पावर रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।