Like us!
Follow us!

मंगलबार यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

मंगलबार यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १५.१८ अंकले घटेर २५३०.९० विन्दुमा झरेको छ ।

घटेको बजारमा आज आइसिएफसि फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ७.६५ प्रतिशतले घटेर ७ सय १२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

त्यस्तै, सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, हिमालयन पावर पार्टनर, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, मेरो माइक्रोफाइनान्स, गुडविल फाइनान्स र साम्लीङ पावर कम्पनी लिमिटेड रहेका छन् । 
 

61af2c0ef2f09.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।