Like us!
Follow us!

थप २६५ जनामा संक्रमण पुष्टि, ३५७ जना निको

थप २६५ जनामा संक्रमण पुष्टि, ३५७ जना निको

लगानी खबर, काठमाडौं - नेपालमा पछिल्लो २४  घण्टामा थप २ सय ६५ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय १७ जनाको कोरोना परीक्षण भएकोमा २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार ७ हजार १ सय १४ जनाको पीसीआर विधिबाट परीक्षण भएकोमा २ सय ३८ जना र १ हजार ५ सय ३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै  बितेको २४ घण्टामा ३ सय ५७  जना निको भएर घर पर्किएका छन् भने २ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ५ सय ४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

हाल ६ हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।