Like us!
Follow us!

सेयर बजारमा फर्कियाे हरियाली

सेयर बजारमा फर्कियाे हरियाली

लगानी खबर, काठमाडौँ - कारोबार हुने हप्ताको दोस्रो काराेबार दिन आज (सोमबार) सेयर बजार वृद्धि भएको छ ।  लगातारको गिरावट पछि आज भने सेयर बजारमा हरियाली देखिएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२२ अंकले बढेर २५४६.०८ विन्दुमा पुगेको छ । नेप्से १.२८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक भने ७.६३ अंकले बढेर ४८०.९७ विन्दुमा पुगेको छ ।  

कूल २२७ वटा कम्पनीको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५४ करोड २३ लाख  ४५ हजार २ सय ७१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । आज सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूहको सेयर बढेको छ । 

आज नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज बैंकको १७ करोड १५ लाख ९३ हजार १ सय २८ रूपैयाँको कारोबार भएको छ । 

सोमबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर १ हजार १ सय ५७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्ति वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयर मूल्य ६.८८ प्रतिशतले घटेर २ हजार ६ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

हेर्नुहोस् आजको तालिका :

61add8c1486da.JPG 61add8c3d31bd.JPG 61add8c7802d9.JPG 61add8ca4a1e6.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।