Like us!
Follow us!

साताभरमा ७ अर्बले बढ्याे निक्षेप संकलन, कर्जा प्रवाह कति ?

साताभरमा ७ अर्बले बढ्याे निक्षेप संकलन, कर्जा प्रवाह कति ?

लगानी खबर, काठमाडाैँ - गत साता वाणिज्य बैंकहरूकाे निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेकाे छ । 

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार वाणिज्य बैंकहरूकाे निक्षेप संकलन मंसिर १७ गतेसम्म ७ अर्बले बढेर ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेकाे छ । मंसिर १० गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

बैंकहरूकाे कर्जा प्रवाह पनि १४ अर्बले बढेर ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेकाे छ । मंसिर १० गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।