Like us!
Follow us!

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले बोलायो साधारण साभा, लाभांश पारित मूख्य एजेन्डा

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टले बोलायो साधारण साभा, लाभांश पारित मूख्य एजेन्डा

लगानी खबर, काठमाडौं - हाइड्रोइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । 

कम्पनीको आज मंसिर २० गते (सोमबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णयक अनुसार कम्पनीको १० औं वार्षिक साधारण सभा पौस २२ गते (बिहीबार) कम्पनीको कार्यालय, हात्तीसार काठमाडौंमा अभौतिक रुपमा बिहान ९:०० बजे देखि सुरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनिलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कूल ८.४२१ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौस ५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौस ४ गते नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् :

61ada6643e78f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।