Like us!
Follow us!

३ अर्ब बढी रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

३ अर्ब बढी रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले ३ अर्ब ५ कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंककाे उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६५ दिनका लागि (२०७८ साल पाैष १ गतेदेखि २०७९ साल मंसिर २९ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे हाे ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४४ कराेड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४४ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १५ कराेड २५ लाख रुपैयाँ गरी कूल ३ अर्ब ५ कराेड रुपैयाँ लगानी गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले मंसिर २२ गते बिहान १० बजेदेखि मंसिर २२ गते दिउँसाे २ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

सूचना हेर्नुहाेस् :

61ac9b6767bdc.jpg 61ac9b6c67880.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।